अर्थतन्त्र बलियो बनाउन नेपाली उत्पादन निर्यात गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले देशको अर्थतन्त्र बलियो बनाउन नेपाली उत्पादनलाई वृद्धि गर्ने र विश्व बजारको मागअनुसार निर्यात गर्नुपर्ने बताएएका छन् ।

नेपाल निर्यात परिषद्को २५औँ वार्षिक साधारणसभा तथा सातौँ निर्यात दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले देशको व्यापार घाटा कम गर्न स्वदेशी वस्तु उत्पादनमा वृद्धि गर्ने र नेपाली सामान निर्यात गर्नुपर्ने धारणा राखे ।

देशमा भएका युवाशक्तिलाई विदेशी भूमिमा पठाउँदा देश विकासमा घाटा हुने धारणा राख्दै मन्त्री श्रेष्ठले स्वदेशी उत्पादन वृद्धिमा हामीले ध्यान दिए देशको अर्थतन्त्र पनि बलियो हुने र युवा स्वरोजगार बन्न सहयोग पुग्ने बताए ।

राजनीतिक स्थायित्व दिन सके देश विकास र समृद्धिको बाटोमा अघि बढ्ने उनको विश्वास थियो । उपप्रधानमन्त्री श्रेष्ठले देशमा सुशासनको समस्या देखा परेको भन्दै यस समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक रहेको उल्लेख गरे ।

नेपाल निर्यात परिषद्का अध्यक्ष रेशमबहादुर पोखरेलले नेपालमा उत्पादन भएका वस्तुको सरकारले अनुगमन तथा नियन्त्रण गर्नुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष उर्मिला श्रेष्ठले नेपालले कृषि र जरीबुटीलागयत क्षेत्रलाई विशेष ध्यान दिएर वस्तु निर्यात गर्दा राम्रो हुने धारणा राखिन् ।  





  • प्रकाशित मिति : पुस २३, २०७९ शनिबार ८:१९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया