पेरिस सेन्ट जर्मेन (पिएसजी) कप डि फ्रान्सको अघिल्लो चरणमा पुगेको छ । गएराति सम्पन्न खेलमा तेस्रो डिभिजनको च्याटाउरोक्सलाई ३–१ ले हराउँदै पिएसीले अघिल्लो चरणमा पुगेको हो ।
पिएसजीलाई जित दिलाउनमा ह्युगो इटिके, कार्लाेस सोलेर र जुआन बर्नाटले समान एक गोल गरे ।
च्याटाउरोक्सका लागि नाटानिएल एन्टोलाले एक गोल फर्काए । खेलको १३ औं मिनेटमा इटिकेको गोलबाट पिएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, उसले लामो समयसम्म भने अग्रता जोगाउन सकेन ।
३७औं मिनेटमा च्याटाउरोक्सका नाटानिएल एन्टोलाले गोल गर्दै खेललाई १–१ स्थितिमा ल्याए । ७८ औं मिनेटमा कार्लाेस सोलेरले गोलबाट पिएसजी २–१ को अग्रता लियो ।
इन्ज्युरी समयमा जुआन बर्नाटले गोल गर्दै पिएसजीलाई ३–१ को उत्कृष्ट जित दिलाउन सफल भए । यो खेलमा लियोनल मेस्सी, नेयमार र केलियन एमबाप्पेलाई खेलाइएको थिएन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।