म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा एभर्टनलाई ३–१ ले हराउँदै युनाइटेडले चौथो चरणमा प्रवेश गरेको हो । खेलको चौथो मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
१४ औं मिनेटमा कोनर कोडीले गोल गर्दै एभर्टनलाई १–१ गोलको बराबरीमा ल्याए । कोडीले ५२ औं मिनेटमा आत्मघाती गोल गरेपछि युनाइटेडले २–१ को अग्रता बनायो । त्यसपछि खेलको इन्जुरी समयमा मार्कस राशफोर्डले पेनाल्टीबाट गोल गर्दै युनाइटेडलाई ३–१ को जित दिलाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।