ओलीले भने - प्रचण्डको नेतृत्वमा सरकार बन्नु नेपाली स्वाधीनताका लागि महत्वपूर्ण
फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वमा सरकार गठन गर्नु नेपाली स्वाधीनताका लागि महत्वपूर्ण भएको उल्लेख गरेका छन् । एमालेबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले सरकार निर्माणमा छिमेकी देशले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टिसमेत जनाए । ‘यो नेपालीले बनाएको सरकार हो । यो परिवर्तनको सन्दर्भमा हामी नेपालीले सरकार बनाएका छौं । नेपालीलाई सरकार बनाउन नदिने चाँजोपाँचजो थियो,’ कार्यक्रममा ओलीले भने ,‘नेपालीले नेपालमा सरकार बनाउन नपाउने, चलाउन नपाउने यस्तो पनि कहीँ हुन्छ? त्यस कोर्सलाई हामीले परिवर्तन गर्‍यौं। अहिले हामीले नेपालीले सरकार बनाएका छौं।’

सरकार गठन गर्नु नेपाली स्वाधीनताका लागि महत्वपूर्ण भएको ओलीको भनाइ छ । उनले बाह्य हस्तक्षेपविरुद्ध उठेर सरकार गठन गरेको बताए ।

नेपालको संसदीय प्रक्रिया र कानून तर्जुमाको विषयमा सांसदलाई प्रशिक्षण दिन एमालेले कार्यक्रमको आयोजना गरेको हो । प्रशिक्षणमा दुई दिनसम्म चल्ने छ । प्रशिक्षणमा एमाले नेताहरूसँगै कानूनविद्हरूले कानून तर्जुमाका विषयमा जानकारी दिने छन् ।  





  • प्रकाशित मिति : पुस २३, २०७९ शनिबार १४:५२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया