कांग्रेसले च्याँखे थापेर प्रधानमन्त्री पद बाँडेको छ, सफल हुन दिन्नौँः ओली
फाइल तस्वीर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले अहिलेको सत्ता गठबन्धन भत्काउन च्याँखे थापेको बताएका छन् । उनले कांग्रेसको यो प्रयासलाई आफूहरुले सफल हुन नदिन पनि बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन भत्काउन प्रयास गरिरहेको ओलीले खुलासा गरेका हुन् ।

उनले पार्टीका सांसदहरुको प्रशिक्षण कार्यक्रममा भने, ‘उहाँहरुले वी विल कम ब्याक भन्नुभएको छ, विभिन्न पार्टीका नेताहरुलाई बोलाएर अबको प्रधानमन्त्री तिमी हो भन्नु भएको छ । उहाँहरुले च्याँखे थाप्नु भएको छ, हामी सफल हुन दिन्नौँ ।’

ओलीले अहिलेको सरकार नेपाली जनताले बनाएको भन्दै अब यो सरकार प्रभावकारी र सफल बनाउनु पनि आफ्नो दायित्व भएको बताएका छन् । उनले यो सरकारले सही नीति लिओस् भन्ने आफूहरुले चाहेको पनि बताएका छन् ।





  • प्रकाशित मिति : पुस २३, २०७९ शनिबार १७:५४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया