पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले एकता गर्ने भएका छन् । योसँगै यी दुर्ई नेता प्रचण्ड र बाबुराम भट्टराई सात वर्षपछि फेरि एउटै पार्टीमा हुने भएका छन् ।
तत्कालीन संविधानसभाले संविधान जारी गरेपछि भट्टराईले २०७२ साल ९ असोजमा माओवादी परित्याग घोषणा गरेका थिए ।
त्यसको केही समयपछि उनले नयाँ शक्ति पार्टी बनाएका थिए । पछि यो पार्टीलाई उनले जनता समाजवादी पार्टीसँग विलय गराएका थिए । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग विभिन्न असमझदारी पछि उनले नेपाल समाजवादी पार्टी बनाएका थिए ।
४ मंसिरमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भट्टराईको यो पार्टीले नेकपा माओवादी पार्टीकै चुनाव चिन्हमा निर्वाचन लडेको थियो ।
त्यति बेला नै भएको सहमतिअनुसार अब यी दुई पार्टीको एकता गर्न लागिएको हो । यसका लागि शनिबार यी दुई नेताले भेटघाटसमेत गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।