नेसपासँग पार्टी एकताका लागि माओवादीले गठन गर्यो वार्ता टोली
फरकधार / २३ पुस, २०७९

नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टी (नेसपा)सँग पार्टी एकताका लागि वार्ता टोली गठन गरेको छ । 



शनिबार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच बालुवाटारमा भएको भेटवार्तापछि माओवादीले वार्ता टोली गठन गरेको हो । 

माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली बनाएको छ । पाँच सदस्यीय वार्ता टोलीमा महासचिव देव गुरुङ र उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् ।



नेसपाले भने भोलि मात्रै वार्ताका टोली बनाउने भएको छ । त्यसका लागि नेसपाले राजनीतिक समितिको बैठक बोलाएको छ । 



दुई अध्यक्षबीच शनिबार भएको भेटमा दुई पार्टीको एकता छिटो टुंग्याउने र समाजवादी कार्यक्रम मान्ने पार्टीहरुसँग सहकार्यका लागि लुज फोरम बनाउने सहमति भएको छ । पार्टी एकताले मूर्त रुप लिएमा प्रचण्ड र भट्टराई सात वर्षपछि फेरि एउटै पार्टीमा हुनेछन् ।

भट्टराईले २०७२ सालको ९ असोजमा माओवादी परित्यागको घोषणा गरेका थिए । आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी बनाएका भट्टराई केही वर्ष जनता समाजवादी पार्टीमा सामेल भएका थिए । 

सो पार्टी पनि छाडेर उनी पछिल्लो समय नेपाल समाजवादी पार्टी (नेसपा)को अध्यक्ष बनेका छन् । 

माओवादीसँग पार्टी एकता प्रक्रिया अघि बढाउने सहमति गर्दै नेसपाले ४ मंसिरको प्रतिनिधिसभा चुनावमा माओवादी केन्द्रकै चुनाव चिह्नबाट निर्वाचन लडेको थियो । 

  • प्रकाशित मिति : पुस २३, २०७९ शनिबार १९:८:५४,   अन्तिम अपडेट : पुस २३, २०७९ शनिबार १९:११:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया