आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले देशको वर्तमान संकटपूर्ण अवस्थाको अन्त्य गर्नका लागि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औँल्याएका छन् । शनिबार सो पार्टीनिकट मधेस–काठमाडौं सम्पर्क मञ्चले ललितपुरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्ते बताएका हुन् ।
सम्पूर्ण दलहरू एउटै विन्दुमा उभिएर वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिन अपिल गर्दै अध्यक्ष साहले देशमा देखिएको आर्थिक राजनीतिक समस्या समाधान कुनै एक दल वा आधा संख्यामा विभाजित संसदले गर्न नसक्ने जिकिर गरे ।
स्थिर सरकारका लागि शासन व्यवस्थामा परिवर्तनको विकल्प नभएको बताउँदै अध्यक्ष साहले दलीय स्वार्थभन्दा माथि उठेर मुलुकको हितमा उभिनुपर्नेमा जोड दिए । संविधान नै पुर्नलेखन हुनुपर्ने संकेत गर्दै उनले पुराना पार्टीहरु सत्ता र कुर्सीको लागि मात्रै लागेको आरोप लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।