भिल्लासँग हार्‍यो रियल मड्रिड, गुमायो शीर्ष स्थानमा उक्लने मौका
फरकधार / २४ पुस, २०७९

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले दोस्रो हारको बेहोरेको छ । दोस्रो हार बेहोर्ने क्रममा ऊ गएराति भिल्ला रियलसँग २–१ ले पराजित भयो ।



स्पेनको एल मड्रिगलमा भएको खेलमा भिल्ला रियलको जितमा एरिमी पिनो र जेरार्ड मोरेनोले एक/एक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए ।

खेलको ४७ औं मिनेटमा पिनोले गोल गर्दै भिल्ला रियललाई सुरुआती अग्रता दिलाएका थिए । ६० औं मिनेटमा बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै मड्रिडलाई १–१ गोलको बराबरीमा ल्याए ।



त्यसपछि खेलको ६३ औं मिनेटमा मोरेनोले गोल गर्दै रियललाई २–१ को जित दिलाए । योसँगै भिल्ला रियल पाँचौं स्थानमा उक्लिएको छ । उसले १६ खेलमा २७ अंक जोडेको छ ।



३८ अंकका साथ रियल दोस्रो स्थानमा यथावत रहेको छ । यो हारपछि रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । 

  • प्रकाशित मिति : पुस २४, २०७९ आइतबार ७:४३:२७,   अन्तिम अपडेट : पुस २४, २०७९ आइतबार ७:४६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया