केनको गोलमा टोटेनहम एफए कपको चौथो चरणमा

टोटेनहम एफए कप फुटबलको चौथो चरणमा पुगेको छ । गएराति सम्पन्न खेलमा पोर्ट्समाउथलाई १–० ले हराउँदै टोटेनहमले चौथो चरणमा पुगेको हो । टोटेनहमको जितमा ह्यारी केनले निर्णायक गोल गरे ।

उनले खेलको ५० औं मिनेटमा गोल गरेका थिए । ​टोटेनहमका लागि केनको यो २६५ औं गोल हो । एफए कपअन्तर्गत नै साउथह्याम्पटनले क्रिस्टल प्यालेसलाई २–१ ले हराएर चौथो चरणको यात्रा तय गर्‍यो ।

त्यस्तै, लेस्टर सिटीले गिलीङ्घमलाई १–० ले पाखा लगाउउँदै चौथो चरणको यात्रा पक्का गरेको छ । 





  • प्रकाशित मिति : पुस २४, २०७९ आइतबार ७:५४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया