प्रदेश-१ मा आज नयाँ सरकार बन्दै, नेतृत्वका लागि एमाले र माओवादीबीच रस्साकस्सी

प्रदेश–१ को सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय आज साँझ ५ बजे सकिँदैछ । सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन केही घण्टा मात्र बाँकी रहँदा नयाँ सरकारको नेतृत्वको विषयमा भने दलहरूमा सहमति जुट्न सकेको छैन ।

प्रदेश–१ मा पनि गठबन्धनको सरकार बन्ने पक्का छ । यद्यपि अहिलेसम्म दलहरूबीच भागबन्डा नमिल्दा प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको छ । ९३ सदस्यीय प्रदेश–१ मा नेकपा एमालेबाट ४०, नेपाली कांग्रेसबाट २९, नेकपा माओवादी केन्द्रबाट १३, राप्रपाबाट ६, नेकपा एकीकृत समाजवादीबाट चार र जसपाबाट एकजना प्रदेशसभा सदस्य रहेका छन् । 

सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । प्रदेश–१ मा एमाले र माओवादी केन्द्रले नेतृत्वको दाबी गरेको छ । जसकारण पनि गठबन्धनमा यो विषयमा सहमति जुट्न सकेको छैन । 

एमाले संसदीय दलका नेता तथा स्थायी कमिटी सदस्य हिक्मत कार्कीको नेतृत्वमा सरकार बनाउने योजनामा छन् । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा सरकार बन्नुपर्ने अडानमा छ ।  





  • प्रकाशित मिति : पुस २४, २०७९ आइतबार ८:१२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया