इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले रोमाञ्चक जित निकालेको छ । गएराति सम्पन्न खेलमा उसले उडीनेजेविरुद्ध १–० को रोमाञ्चक जित निकालेको हो ।
युभेन्ट्सको जितमा डानिलोले निर्णायक गोल गरे । उनले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए ।
यो जितसँगै युभेन्ट्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले १७ खेलमा ३७ अंक जोडेको छ ।
२५ अंक जोडेको उडीनेजे आठौं स्थानमा छ । गएराति नै भएको खेलमा इन्टर मिलान भने बराबरीमा रोकिएको छ । ऊ दुईपटक अग्रता लिँदा पनि मोन्जासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
यो बराबरीसँगै इन्टर १७ खेलबाट ३४ अंकका साथ चौथो स्थानमा छ । अंक जोडेको मोन्जा १४ औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।