गुल्मीको रेसुङ्गा विमानस्थलमा आज ‘डेमो उडान’

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान हुँदैछ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाजले बिहान ११ बजे परीक्षण उडान गर्न लागेको हो । 

जहाज काठमाडौंबाट गुल्मी पुग्न करिब ५० मिनेटको समय लाग्ने छ ।

जहाजमा गुल्मीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, गोकर्ण विष्ट, एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्कीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीसमेत आउने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।

उनका अनुसार आज डेमो उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने छ । 





  • प्रकाशित मिति : पुस २४, २०७९ आइतबार ९:२२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया