राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी-२० लिगमा आजदेखि प्लेअफका खेल सुरु हुँदैछन् । प्लेअफअन्तर्गत पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स प्रतिस्पर्धा गर्दैछन् ।
यी दुई टिमबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरु हुनेछ । जारी संस्करणमा लुम्बिनीले १० म्याच खेल्दा दुई खेलमा मात्र हार बेहोरेको छ । ऊ १६ अंकसहित शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो ।
१० मध्ये सातमा जित र तीन खेलमा हार बेहोरेको जनकपुर दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको हो । आज विजयी हुने टिमले फाइनलको यात्रा तय गर्नेछ । पराजित हुने टोलीले सोमबार हुने एलिमिनेटरको विजेताको सामना गर्नेछ ।
पहिलो सिजनको लिग विजेता टिमले ५५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीले ३० लाख रुपैयाँ पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । त्यस्तै, तेस्रो हुने टिमले १० लाख र चौथो टोलीले ५ लाख रुपैयाँ पाउने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।