नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेशसभा दलका नेता हिक्मत कार्कीले गठबन्धनको तर्फबाट प्रदेश १ को मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने भएका छन् ।
उनले आज बहुमत प्रदेशसभाका सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा वर्तमान सत्ता गठबन्धन स्पष्ट बहुमतमा छ । जसमा एमालेका ४०,माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० जना सांसद छन् ।
सत्ता साझेदार दलहरूसँग बैठक बसेर दिउँसो ४ बजे प्रदेश प्रमुखलाई बहुमत सदस्यसहित मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी रहेको कार्कीले बताए ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले पनि प्रदेश १ को मुख्यमन्त्रीका लागि कार्कीलाई समर्थन गर्ने सहमति भएको बताए । यसअघि प्रदेश १ को मुख्यमन्त्रीका लागि माओवादीले पनि दाबी गरेको थियो ।
मुख्यमन्त्री एमालेबाट बन्ने भएपछि माओवादीले सभामुख पाउने भएको छ । प्रदेश १ मा प्रदेश प्रमुख पर्शुराम खापुङले आज साँझ ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी गर्न समयसीमा तोकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।