जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो पार्टीबाट विश्वासको मत दिने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग संयुक्त रूपमा भेट गर्दै उनले विश्वासको मत दिन कुनै समस्या नभएको बताएका छन् ।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिन कुनै समस्या नरहेकाे बताए । सबै दलले विश्वासको दिने भएकाले प्रधानमन्त्रीले सजिलै विश्वासको मत पाउने उनकाे दाबी छ ।
प्रधानमन्त्रीसँगकाे भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने संकेत गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।