नेप्से परिसूचकमा २०.५५ अंकले वृद्धि

आइतबार सेयर बजार उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचकमा २०.५५ अंकले वृद्धि भई २१६४.४८ विन्दुमा रोकिएको छ । आज ०.९६ प्रतिशतले सेयर बजार बढेकोे हो ।

बिहीबार सेयर बजार १८.०९ अंकले उकालो लागेको थियो । पाँच अर्बभन्दा बढीको कारोबार सेयर कारोबार भएको थियो । साथै, बिहीबार २५९ कम्पनीको कारोबार हुँदा एक करोड ४१ लाख ९८८ कित्ता सेयर किनबेच हुँदा पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै, हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भइरहेको छ । यस कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । दोश्रोमा शिवम् सिमेन्ट र तेस्राेमा रिडी पावर कम्पनीको बढीको सेयर बिक्री भएको छ ।

यता, खप्तड लघुवित्त र बाराही हाइड्रोपावर १० प्रतिशतले मूल्य वृद्धि भएको हो । न्यादी ग्रुप पावर, मनकामना स्मार्ट लघुवित्त र ग्लोबल आइएमइ समुन्नत योजना कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

कुल १३३ कम्पनीकाे सेयरमा वृद्धि भएकाे छ भने ७१ कम्पनीमा ओरालो लागेको छ । नाै कम्पनी भने स्थिर रहेको छ । आज १३ उपसूचकहरू तीन कम्पनीबाहेक सबै उपसूचकमा हरियाली छाएको छ । 





  • प्रकाशित मिति : पुस २४, २०७९ आइतबार १६:२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया