प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी छन्।
सत्ता गठबन्धनको भागबण्डाको विषयमा पनि आजको बैठकमा छलफल हुदै छ। पुस २६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषयमा छलफल भइरहेका प्रचण्डको सचिवालयले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।