टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको सिआइबीकाे निष्कर्ष

नेपाल क्रिकेट संघ (क्यान)ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको पाइएको छ ।

पुस ९ गतेदेखि सुरु भएको प्रतियोगितामा सुरुवातदेखि नै वेटिङ र फिक्सिङको चर्चा सुरु भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फिक्सिङबारे अनुसन्धान गर्न सिआइबीलाई निर्देशन दिएका थिए ।

गृहमन्त्री लामिछानेको निर्देशनलगत्तै अनुसान्धान थालेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले लिगमा स्पट फिक्सिङ भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । सिआइबीका अनुसार लिगमा तीनजना नेपाली र ४ जना विदेशी खेलाडीले स्पट फिक्सिङ गरेको पाइएको हो ।

वेटिङ र फिक्सिङमा नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारीसहित सञ्चालन अधिकार पाएको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको संलग्नता भएको संकेत मिलेको सिआइबीले जनाएको छ ।





  • प्रकाशित मिति : पुस २४, २०७९ आइतबार १८:४४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया