पश्चिम अफ्रिकी देश सेनेगलमा दुईवटा बस जुध्दा दुर्घटना भई ४० जनाको मृत्यु भएको छ । दुर्घटना परेर ८० जना घाइते भएका छन् ।
सेनेगलका राष्ट्रपति मैकी सलले दुर्घटना बारे जानकारी दिँदै दुख व्यक्त गरेका छन् । उनले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
यो दुर्घटना राजधानी सेनेगलबाट २२० किलोमिटर टाढाको कैफरिन सहरनजिकै भएको हो ।
पश्चिमी अफ्रिकी देश सेनेगलमा यसअघि सन् २०१७ मा भएको यस्तै दुर्घटनामा २५ जनाको मृत्यु भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।