नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको छ। क्यानले मुख्य प्रशिक्षक बन्नका लागि कम्तीमा ५ वर्षको प्रशिक्षण अनुभव हुनुपर्ने जनाएको छ।
क्यानले १४ जनवरीसम्ममा आवेदन पठाउने मिति तय गरेको छ। क्यानले फुल, एसोसिएटेड, फस्ट क्लास टिम समालेको अनुभव हुनुपर्ने जनाएको छ। उसले तलब सुविधा भने आपसी समझदारीमा तय गरिने जनाएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टिम पछिल्लो समय मुख्य प्रशिक्षकविहीन रहेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।