कालीगण्डकी करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–३, पिपलडाँडा निकीचौर नजिकै ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा चारजना घाइते भएका छन् ।
सिद्धार्थ राजमार्गको पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ट्याक्टर आइतबार राति भएको दुर्घटनामा रम्भा गाउँपालिका–१ बस्ने १७ वर्षीय विशाल थापाको मृत्यु भएको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार लु ४ त ७९१६ नम्बरको ट्याक्टर दुर्घटनामा परी रम्भा गाउँपालिका–१ का १९ वर्षीय विवेश थापा, २४ वर्षीय दिलबहादुर घर्ती, १६ वर्षीय युवराज घर्ती, १८ वर्षीय पूर्णबहादुर बोटे घाइते भएका छन् ।
घाइतेको मिसन अस्पतालमा उपचार भइरहेको छ । फरार रहेका ट्याक्टर चालक खोजी र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।