एट्लेटिकोविरुद्ध बार्सिलोना १–० ले विजयी

स्पेनी ला लिगामा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई १–० ले हराएको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनालाई जिताउन ओसमन डेम्बेलेले निर्णायक गोल गरे । 

उनले औं मिनेटमा गोल गरेका थिए । खेलको इन्जुरी समयमा दुवै टोली १० खेलाडीमा समेटिए । एट्लेटिकोका साभिक र बार्सिलोनाका फेरान टोरेसले रातो कार्ड पाएपछि दुवै खेलाडी १० खेलाडीमा सीमित भएका हुन् । 

यो जितसँगै बार्सिलोनाले लिग तालिकाको शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिएको छ । अब उसको ४१ अंक भएको छ ।

दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ३८ अंक छ । एटलेटिको भने हारसँगै पाँचौं स्थानमा झरेको छ । 

गएराति नै भएको खेलमा रियल बेटिसले रायो भाल्कानोलाई २–१ ले हरायो । योसँगै ऊ चौथो स्थान उक्लिएको छ । तेस्रो स्थानमा रहेको रियल सोसिडाड आल्मेरियाविरुद्ध २–० ले जित निकालेको छ । 





  • प्रकाशित मिति : पुस २५, २०७९ साेमबार ७:५५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया