ब्राजिलको राष्ट्रपति भवन र संसदमा पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकले गरे तोडफोड

ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकले राष्ट्रपति भवन र संसदमा तोडफोड गरेका छन् । बोल्सोनारोका हजारौँ समर्थक संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा तोडफोडमा उत्रिएका हुन् ।

बीबीसीका अनुसार ब्राजिल फुटबल टिमको जर्सी लगाएका हजारौँ प्रदर्शनकारी हातमा झण्डा लिएर संसदभित्र प्रवेश गरेका छन् । उनीहरूले सभामुखको कुर्सीमा चढेर प्रदर्शन गरेका छन् । कतिपय प्रदर्शनकारी संसद्को छतमा चढेका छन् ।  

ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले घटनाको भर्त्सना गरेका छन् । गएको अक्टोबरमा भएको राष्ट्रपतीय चुनावमा बोल्सोनारोलाई लुला डा सिल्भाले पराजित गरेका थिए । त्यसपछि बोल्सोनारोका समर्थकले चुनावी परिणाम अस्वीकार गर्दै आएका छन् ।  





  • प्रकाशित मिति : पुस २५, २०७९ साेमबार ८:५०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया