संसदमा रविको पहिलो सम्बोधन : सबै भ्रष्टाचारको छानबिन गर्छौँ
फरकधार / २५ पुस, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले संसदमा पहिलो पटक सम्बोधन गरेका छन् । उनले आफ्नो पहिलो सम्बोधनमा अहिलेसम्मका सबै भ्रष्टाचारको छानबिन गरिने बताएका छन् । 



कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताउँदै उनले भ्रष्टाचार छानबिनमा सरकार कटिवद्ध रहेको बताए । उनले भने, ‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषयमा सरकार निर्मम भएर खडा हुन्छ ।’ 

उनले भ्रष्टाचारको अनुसन्धान र छानबिनमा प्रभाव नपारिदिन अन्य दलका सांसदहरूलाई आग्रहसमेत  गरे । उनले भने, ‘आफ्ना मान्छे छुटाउनुपर्‍यो भन्दै दबाब नदिनुहोला ।’  





  • प्रकाशित मिति : पुस २५, २०७९ साेमबार १४:३३:२८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया