डडेल्धुरामा करेन्ट लागेर एकजनाको मृत्यु

डडेल्धुरामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको भागेश्वर गाउँपालिका–४ आर्कुडाका ४२ वर्षीय सुन्दरसिंह भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घर नजिकैको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा सोमबार दिउँसो करेन्ट लागेर भाटको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी उमाकान्त जोशीले जानकारी दिए ।

मृतक भाट नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराअन्तर्गत बगरकोट सव–स्टेशनमा सुरक्षा गार्डको रूपमा काम गर्दै आएका थिए ।  





  • प्रकाशित मिति : पुस २५, २०७९ साेमबार १७:३४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया