प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उनी देउवालाई भेट्न सोमबार साँझ ७ बजेतिर धुम्बाराही पुगेका थिए ।
भेटमा प्रधानमन्त्री प्रचण्डले देउवासँग आफूलाई विश्वासको मत दिए कांग्रेसलाई सभामुख दिन सकिने बताएका थिए । जवाफमा देउवाले आफू सकारात्मक भएको र यसबारे पार्टीमा छलफल गर्ने भन्दै जवाफ दिएका बताइएको छ ।
प्रचण्ड र देउवाबीचको छलफलमा उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्ण सिटौला सहभागी थिए । भेटमा प्रचण्डले विश्वासको मत मागेकाे उपसभापति खड्काले बताए ।
‘प्रधानमन्त्रीजीले विश्वासको मतका लागि सहयोग माग्नुभयो । नेपाली कांग्रेस संसदीय दलबाट तपाईँहरूले सहयोग गर्नुपर्यो भन्नुभयो । सभापतिजीले भोलि बैठक राखेको छु, साथीहरूसँग छलफल गर्छु भन्नुभएको छ,’ खड्काले भने ।
कांग्रेसले मंगलबार बिहान पदाधिकारी बैठक र संसदीय दल बैठकबोलाएको छ । सोही बैठकले प्रचण्डलाई विश्वासको मत दिने÷नदिने निर्णय गर्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।