जम्मकट्टेलले आज बागमती प्रदेशको मुख्यमन्त्रीको शपथ लिँदै

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराउने छन् ।

प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणका लागि सबै तयारी भइसकेको छ । ७० जना सांसदको समर्थनमा जम्मकट्टेल मुख्यमन्त्री बनेका हुन् । उनलाई एमाले, माओवादी र राप्रपासँगै नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।

मुख्यमन्त्री जम्मकट्टेलसँगै एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापाले मन्त्रीको पद तथा गोपनीयताको शपथ लिने छन् । 

बागमती सरकारमा एमालेले पाँच, माओवादीले चार, राप्रपा र समाजवादीले दुई/दुई र हाम्रो नेपाली पार्टीले एक गरी १४ मन्त्रालयमा दाबी गरेका छन् । मुख्यमन्त्री जम्मकट्टेलले भने बढीमा ११ मन्त्रालय कायम गर्ने बताउँदै आएका छन् । 





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार ८:२७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया