कांग्रेस पदाधिकारी बैठक जारी, प्रचण्डलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्ने

नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने निर्णय गर्नेछ ।

पदाधिकारी बैठकलगत्तै संसद् भवन नयाँबानेश्वरमा कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । यो बैठकले प्रचण्डलाई विश्वासको मत दिने/नदिनेबारे औपचारिक निर्णय गर्ने बताइएको छ । 

प्रधानमन्त्री प्रचण्डले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज विश्वासको मत लिन लागेका हुन् ।

२७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्री प्रचण्डले कम्तिमा १३८ सांसदको समर्थन चाहिन्छ । उनी माओवादी केन्द्रसहित नेकपा एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित केही स्वतन्त्र सांसदको समर्थनमा १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यतिबेला प्रचण्डलाई १६९ सांसदले समर्थन गरेका थिए । 





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार ९:२२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया