सर्तसहित प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । 

प्रचण्डलाई विश्वासको मत दिए पनि एकीकृत समाजवादी प्रतिपक्षमा बस्ने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

‘पार्टीले अहिले विश्वासको मत दिन्छ, हाम्रा एजेन्डाहरू राखिने छन् । ती एजेन्डाहरू पूरा नगरेमा कुनै पनि बेलामा त्यहाँबाट फर्किनसक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्ने निर्णय भएको छ,’ बैठकपछि खतिवडाले भने । 

राष्ट्रियता, सुशासन, बिग्रिँदै गएको अर्थतन्त्र, राष्ट्रिय महत्वलगायत एकीकृत समाजवादीका एजेन्डा रहेको उनले बताए ।  





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार ९:४८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया