पृथ्वी जयन्तीमा बिदा दिने निर्णयप्रति उपेन्द्र यादवको विरोध

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पृथ्वी जयन्तीमा सरकारले बिदा दिएको आपत्ति जनाएका छन् । उनले पृथ्वी जयन्तीमा सरकारले बिदा दिनु जनआन्दोलनको भावना र मर्मविपरीत भएको बताएका छन् ।

यादवले आज सामाजिक सञ्जाललमार्फत राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई प्रचण्ड सरकारले पुनर्स्थापित गरेर सहिदहरूको अपमान गरेको उल्लेख गरेका हुन् । 

सरकारका यस्ता निर्णयले एकतामा विभेद, असमानता र विविधता उत्पन्न गर्ने पनि यादवको दाबी छ । 





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार १०:२४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया