विश्वासको मतबारे सहमति जुटाउन कांग्रेसले बोलायो कार्य सम्पादन समिति बैठक
फाइल तस्बिर

नेपाली कांग्रेसले कार्य सम्पादन समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने विषयमा सहमति जुट्न नसकेपछि कार्य सम्पादन समितिको बैठक बोलाइएको हो । 

साढे ११ बजे कार्य सम्पादन समितिको बैठक बस्ने र त्यसको निर्णयअनुसार संसदीय दलको बैठकबाट विश्वासको मतबारे औपचारिक निर्णय सार्वजनिक गर्ने कांग्रेसको तयारी छ ।

विश्वासको मतबारे आज बिहान बसेको कांग्रेस पदाधिकारीको बैठकमा पनि छलफल भएको छ । पदाधिकारी बैठक लम्बिएपछि कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक दिउँसो १ बजेसम्मलाई सारिएको छ । 

यसअघि ११ बजे प्रतिनिधिसभा बैठक बस्ने तालिका थियो । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ । १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका उनले एक महिना अगावै विश्वासको मत लिन लागेका हुन् । 

मिलीजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन पाउनुपर्छ ।   





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार १०:५६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया