बागमतीका मुख्यमन्त्री जमकट्टेलसहित दुई मन्त्रीले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले उनलाई प्रदेश प्रमुखको कार्यालयमा बिहान ९ः५० बजे शपथ खुवाएका हुन् । 

मुख्यमन्त्रीले शपथ लिएलगत्तै नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दलका नेता उद्धव थापाले विना विभागीय मन्त्रीको शपथ लिएका छन् । 

मन्त्रालय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूका बीचमा छलफल गरेर टुङ्ग्याइने मुख्यमन्त्री जमकट्टेलले बताए । 

माओवादी केन्द्र संसदीय दलका नेता जमकट्टेल आफ्नै दलका २१ सांसद, नेकपा एमालेका २७ सांसद, राप्रपाका १३ सांसद, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरी जम्मा ७० जना सांसदको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए । 





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार ११:२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया