एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा घनश्याम भुसाल

नेकपा (एमाले) परित्याग गरी ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । 

उनी केही दिनभित्र एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन् । नेकपा एसमा प्रवेश गर्नुअघि भुसालले ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ तयार पारेका छन् ।

उनले सबैजसो नेता/कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाएको तत्परता सकारात्मक रहेको बताएका छन् ।

रूपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।  





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार १२:३९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया