विश्वासको मत माग्दै प्रचण्डले भने - यसपटक फरक संकल्पका साथ संसदसामु उभिएको छु

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतका गल्तीबाट पाठ सिक्दै काम गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले यसपटक आफू फरक संकल्पका साथ प्रधानमन्त्री बनेकाले काम गर्ने बताएका हुन् ।

‘म यसपटक फरक संकल्पका साथ संसदसामु उभिएको छु, यसपटक इमानदार स्वीकारोक्तिका साथ सुरु गर्न चाहन्छु कि हामी राजनीतिकर्मी कहीँ न कहीँ चुकेका छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

राजनीतिकर्मी चुकेकै कारण ५० लाख युवा विदेशमा काम गर्न बाध्य भएका, विकास आयोजना  लथालिङ्ग भएका र विश्वविद्यालय आफ्नो क्यालेन्डर पनि बनाउन नसक्ने गरी भद्रगोल भएको उल्लेख गर्दै अब त्यसको सुधार गर्ने उनले बताए ।  

प्रधानमन्त्रीले आफ्नो पहिलो कार्यकालमा अनुभव र टिम नहुँदा राम्रोसँग काम गर्न नसकेको बताए । ‘त्यतिबेला म सँग न अनुभव थियो न टिम । विभाजित मनोदशा र पार्टीभित्रकै संघर्षमा म रुमल्लिएँ, सिक्दासिक्दै भित्र र बाहिरको घेराबन्दीका बीच राजीनामा दिनुपर्ने अवस्था आयो,’ उनले भने । 





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार १३:४१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया