कांग्रेस संसदीय दलको बैठकमा प्रदीप पौडेलको फरक मत

नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पार्टीको निर्णयमा फरक मत राखेका छन् । 

आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा उनले आफ्नो फरक मत राखेका हुन् । प्रतिनिधिसभा बैठकअघि प्रचण्डलाई विश्वासको मत दिने कि नदिने विषयमा कांग्रेस पदाधिकारी र कार्य सम्पादन समितिको बैठकमा छलफल भएको थियो । 

पदाधिकारीबाट निर्णय हुन नसकेपछि कार्य सम्पादन समितिले विश्वासको मत दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई संसदीय दलको बैठकबाट अनुमोदन गराइएको थियो । तर, विश्वासको मत दिने निर्णयमा पौडेलसहित महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह र अर्जुन नरसिंह केसीले फरक मत राखेका हुन् ।





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार १३:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया