सरकारका काम कारबाहीको गुण र दोषका आधारमा धारणा बनाउनेछौँ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको गुण र दोषका आधारमा विरोध र समर्थन गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा भाग लिँदै देउवाले कांग्रेसले विरोधका लागि विरोध मात्रै नगरेर अवस्थाअनुसार समर्थन र विरोध गर्ने बताएका हुन् ।

‘हामी पुष्पकमल दाहालजीको नेतृत्वको सरकारमा सहभागी हुँदैनौँ । र प्रतिपक्ष दलको रूपमा भूमिका निर्वाह गर्ने निर्णय गरेका छौँ । हामी प्रतिपक्षमा रहन्छौं । तर, प्रतिपक्षी भएर विरोधका लागि विरोध मात्रै होइन, हामी सरकारका काम कारबाहीको गुण र दोषका आधारमा धारणा बनाउनेछौँ,’ कांग्रेस सभापतिसमेत रहेका देउवाले भने । 

उनले अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण कुनै पनि दलको बहुमत आउने अवस्था नरहने भन्दै दलहरूबीच सहकार्य र एकताको अभ्यासलाई निरन्तरता दिनुपर्ने बताए । ‘हामीले मिश्रित निर्वाचनको अभ्यास गरिरहेका छौँ । यसले नेपालको सबै जातजाति, भूगोल र समुदायको प्रतिनिधित्वको अवस्था बनेको छ । आज यो गौरवमय संसद् नेपालको ऐना बनेको छ । यो निर्वाचन प्रणालीले एउटामात्रै दलको बहुमत हुने अवस्था हुदैन, त्यसैले हामीले गठबन्धन संस्कृतिलाई आमन्त्रण गर्नु, र अभ्यस्त हुनुको विकल्प छैन,’ देउवाले भने । 
 





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार १४:२२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया