दलहरुको विश्वासको मत र समर्थनले थप चुनौती : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै दलहरुले विश्वासको मत दिनेबारे आफूले नसोचेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले दलहरुको विश्वासको मत र समर्थनले थप चुनौती थपिएको बताए ।

प्रचण्डलाई नेमकिपा र राष्ट्रिय जनमोर्चाबाहेक १० दलले विश्वासको मत दिएका छन्। नेमकिपा र राष्ट्रिय जनमोर्चाका एक–एकजना सांसद छन् । 

प्रधानमन्त्री प्रचण्डले सबै राजनीतिक दल र स्वतन्त्र सांसदले उठाएका विषयले आफूलाई निकै गम्भीर बनाएको बताए। विश्वासको मतका लागि विभिन्न राजनीतिक दलसँग गरेको अपिल सफल भएकाे उनकाे भनाइ छ । 

आफूमाथि भएको विश्वास र समर्थनलाई न्यायपूर्ण सम्बोधन गर्न सकौँला कि भन्ने प्रश्न उठेको भन्दै प्रचण्डले आफूलाई अपार सफलता मिलेको बताए। 





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार १७:२२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया