कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिने बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभामा आफूले राखेको विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले पूर्ववर्ती सरकारले गरेका सम्झौता र सहमतिअनुुसार देशका विभिन्न स्थानमा भएका राजनीतिक संघर्षका क्रममा पक्राउ परेका वा जेल परेकालाई कानुन बनाएर रिहा गर्ने बताएका हुन् । 

रेशम चौधरी अन्यायमा परेको आफूले बताउँदै आएको स्मरण गराउँदै उनले चौधरीसहितलाई रिहा गर्न चाँडै विधेयक ल्याएर ऐन बनाउने जानकारी दिए । 

चाैधरीकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेकाे नागरिक उन्मुक्ति पार्टीले ससर्त प्रधानमन्त्रीलाई विश्वासकाे मत दिने बताएकी छन् ।





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार १७:३४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया