प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेसँगै प्रतिबद्धता नभुल्ने बताएका छन् ।
२७५ सदस्य रहेको प्रतिनिधिसभाको बैठकमा २७० जना सांसद उपस्थित भएकोमा प्रचण्डले २६८ मत पाएका छन् । उनको विपक्षमा २ मत परेको छ ।
२७५ सदस्यीय संसद्मा कांग्रेसका एकजना सांसद निलम्बनमा परेका छन् भने मनोरमा शेरचन, किशोरसिंह राठौर र अम्बिका बस्नेत अनुपस्थित भएका थिए भने जेष्ठ सदस्य पशुपतिशमशेर जबरा सभामुखको भूमिकामा थिए ।
प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।