चारवटै सुरक्षा निकायका प्रमुखसहित प्रधानमन्त्री प्रचण्ड बुधबार गोरखा जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार गोरखा जाने भएका छन् । उनी चारवटै सुरक्षा निकायका प्रमुखसहित बुधबार गोरखा जान लागेका हुन् । 

बुधबारदेखि ११ औँ गोरखा महोत्सव सुरु हुँदै छ । प्रधानमन्त्री दाहाल सो महोत्सवको उद्घाटनका लागि गोरखा जान लागेका हुन् । 

यस्तै ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा सदरमुकामको ठूलो आँगनमा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण तथा ‘राष्ट्र निर्माता सलामी’ शुभारम्भ गर्न नेपाली सेनाका प्रमुख प्रभुराम शर्मा पनि गोरखा जान लागेका हुन् । 

उनीसहति सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एवं मुख्य अनुसन्धान निर्देशक हुत्तराज थापा पनि सो कार्यक्रममा सहभागी हुने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । 

प्रधानमन्त्री प्रचण्ड महोत्सव उद्घाटनका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसहित दिउँसो १२ देखि १ बजेको समयमा हेलिकोप्टरमार्फत गोरखा पुग्ने प्रजिअ आचार्यले बताए । 

सुरक्षा निकायका प्रमुखहरू भने दिउँसो ३ बजे हुने सालिक अनावरण कार्यक्रमका लागि त्यसको झन्डै एक घण्टाअघि हेलिकोप्टरबाटै गोरखा सदरमुकाम पुग्नेछन् । 



प्रधानमन्त्रीसहितका सुरक्षा प्रमुख आउने भएकाले गोरखामा मंगलबारदेखि नै सुरक्षा सतर्कता बढाइएको छ । बुधबार महोत्सव उद्घाटन कार्यक्रम हुने हरमटारी खेलकुद मैदान आसपास र सालिक निर्माण गरिएको आसपासको क्षेत्रमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।



  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार २०:५१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया