कर्णाली सरकारमा एमाले सहभागी हुने या नहुने निर्णय गर्ने जिम्मा कँडेललाई

नेकपा एमाले कर्णाली प्रदेश सभाको संसदीय दलको आज बसेको बैठकले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे नेकपा माओवादी केन्द्रसँग वार्ता, छलफल र सहभागिता बारे निर्णय गर्ने अधिकार दलका नेता यामलाल कँडेललाई दिएको छ ।

झण्डै तीन घण्टाभन्दा लामो समय चलेको उक्त बैठकले सो अधिकार दलका नेतालाई हस्तान्तरण गरेको एमालेका एक सांसदले जानकारी दिए । 

सत्तारुढ गठबन्धनसँग वार्ता गर्ने, छलफल गर्ने र सरकारमा सहभागिता बारेमा निर्णय गर्ने एकल जिम्मेवारी दलका नेतालाई दिने निर्णय भएको हो ।





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार २०:५९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया