कोहलीको शतकमा श्रीलंकाविरुद्ध भारतको सानदार जित

श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली भारत ६७ रनले विजयी भएको छ । योसँगै उसले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । श्रीलंकाले भने टी–२० पछि एकदिवसीय श्रृंखलामा पनि अग्रता लिन चुक्यो ।

गएराति सम्पन्न खेलमा भारतले दिएको ३ सय ७४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६ रन बनायो । उसका लागि कप्तान दासुन शानकाले शतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।

८८ बलको सामना गरेका उनले १२ चौका र तीन छक्काको मद्दतमा अविजित १ सय ८ रन बनाए । एकदिवसीयमा शानकको यो दोस्रो शतक हो । ओपनिङ ब्याटर पथुम निसांकाले ८० बलमा ११ चौकाको सहयोगमा ७२ रन जोडे । धनन्जय डिसिल्भाले ४७, चरित असालान्काले २३, वानिन्दु हसरंगाले १६ र चमिका करुणारत्नेले १४ रन बनाए ।  

भारतका लागि उमरान मलिकले तीन, मोहम्मद सिराजले दुई, हार्दिक पाण्ड्या, युजवेन्द्र चहल र मोहम्मद शामीले एक/एक विकेट लिए । त्यसअघि गुवाहाटीस्थित बार्सपारा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ७३ रन बनायो । 

उसका लागि पूर्वकप्तान विराट कोहलीले शतकीय पारी खेले । उनले ८७ बलमा १२ चौका र एक छक्काको मद्दतमा १ सय १३ रन बनाए । एकदिवसीयमा कोहलीको यो ४५ औं शतक हो । त्यस्तै, कप्तान रोहित शर्मा र शुभमन गिलले अर्धशतकीय पारी खेले । 

६७ बलको सामना गरेका रोहितले ९ चौका र तीन छक्कासहित ८३ र गिलले ६० बलमा ११ चौकाको सहयोगमा ७० रन जोडे । केएल राहुलले ३९ र श्रेयस अय्यरले २८ रनको योगदान दिए ।



श्रीलंकाका लागि कसुन रजिथाले तीन, दिलशान मदुशंका, चमिका करुणारत्ने, दासुन शानका र धनन्जय डिसिल्भाले एक/एक विकेट लिए । भारत र श्रीलंकाबीचको दोस्रो एकदिवसीय बिहीबार हुनेछ । 



  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार ७:३१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया