प्रधानमन्त्री भएपछि पहिलोपटक गोरखा जाँदै प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदैछन् । गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी प्रधानमन्त्री भएपछि पहिलोपटक गोरखा जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड बुधबारबाट सुरु हुने ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा आउन जान लागेका उनको सचिवालयले जनाएको छ । खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना हुँदैछ । गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि उनी गोरखा जान लागेका हुन् ।

सोही अवसरमा नेपाली सेनाले परम्परागत पोसाकमा परेड प्रदर्शन र पृथ्वीनारायण​ शाहप्रति सलामी अर्पण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले गोरखा नगरपालिका र नेपाली सेनाको सहकार्यमा निर्माण गरिएको मनोग्राम उद्घाटन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।  





  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार ८:३३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया