गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । उनले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।
भेटवार्तामा संघीयताको मर्मअनुसार काम गर्नेबारे कुराकानी भएको मुख्यमन्त्री अधिकारीले जानकारी दिए । एमाले नेता अधिकारी २५ पुसमा गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले २९ गते विश्वासको मत लिँदैछन् । त्यसअघि अधिकारीले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।
उनी एमाले, माओवादी केन्द्र, राप्रपा र राजीव गुरुङ (दीपक मनाङे) सहित ३३ जनाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६० सिट संख्या रहेको गण्डकी प्रदेशमा बहुमत पुर्याउन ३१ सिट आवश्यक पर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।