कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै माओवादीका शर्मा

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले आज दाबी गर्दैछन् । उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् । 

बुधबार अपरान्ह ४ बजे बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गर्ने तयारी रहेको माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।

प्रदेश प्रमुख परियारले आज बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । प्रदेशमा सरकार गठनका लागि माओवादी केन्द्र र नेकपा एमालेका तयारीमा जुटेका छन् ।   

४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ मत आवश्यक पर्छ ।  





  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार १०:३२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया