एमालेका गिरी आज लुम्बिनीको मुख्यमन्त्री बन्दै

नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले आज लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्दैछन् । उनले ५५ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गर्न लागेका हुन् ।

प्रदेश प्रमुख शेरचनले आज साँझ ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका छन् ।    

लुम्बिनीमा ८७ जना प्रदेश सांसद छन् । जसमा सरकार गठनका लागि ४४ जना सांसद आवश्यकता पर्छ ।  





  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार ११:९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया