प्रदेश १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने
फाइल तस्बिर

प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार  विश्वासको मत लिने भएका छन् । उनले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलव्ध गराउन अनुरोध गरेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
    
मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ ग्रहण गरी पदभार सम्हालेका थिए  । उनलाई नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका छ र जनता समाजवादी पार्टीको एक गरी ६० सदस्यले  समर्थन जनाएका थिए । 





  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार १३:४७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया