सुदूरपश्चिममा गठबन्धनबाट माओवादीका भीम भण्डारी सभामुखको उम्मेदवार

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा भीम भण्डारीलाई सभामुखको उम्मेदवार बनाएको छ । उनको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर छन् ।

नेकपा एमाले र माओवादीसहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति अनुसार भण्डारीलाई अघिसारिएको हो । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्यसमेत रहेका मानहादुर रावललाई सभामुखको उम्मेदवार बनाएको छ ।

सभामुख चयनका लागि भोलि बिहीबार मतदान हुने तय भएको छ ।  





  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार १४:४८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया