प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले राष्ट्रिय सहमतिको प्रधानमन्त्रीको रुपमा काम गर्न पाएकाेमा यसलाई अवसर र चुनौतीकाे रूपमा लिएकाे बताएका छन् ।
गोरखा महोत्सवको उद्घाटन गर्दै उनले आफूले पूर्ण विश्वासको मत पाएपछि ढुक्क भएको बताए । उनले भने, ‘कतै राजनीतिक दलबीच विभाजन भयो, उनीहरुबीच प्रतिबद्धता र विश्वासमा एकरुपता आएन भने अप्ठ्यारो पो हुने हो कि भनेर हिजोसम्म मलाई अलिकति चिन्ता थियो ।’
गोरखाले प्रधानमन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्री पाउनु गोरखाकै लागि गौरवको विषय रहेको दाबी गर्दै उनले अब छिट्टै प्रदेश सरकारमा पनि गोरखाबाट मन्त्री हुने सम्भावना रहेकाे बताए ।
एउटै जिल्लाबाट केन्द्रमा प्रधानमन्त्री र भौतिक पूर्वाधारमन्त्री अनि प्रदेशमा पनि मन्त्री हुनु दुर्लभ अवसर भएकाे उनले बताए ।
निर्वाचनको दौरान आफूले गरेका वाचा र प्रतिबद्धता पूरा गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्ने जानकारी गराउँदै उनले जनतासँगकाे वाचाको राम्रै सम्झना रहेको बताए ।
पृथ्वी जयन्ती ऐतिहासिक र दूरगामी महत्वका दिन भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको बताउँदै उनले यसले सिंगाे राष्ट्र र नेपाली जनतासँगै गोरखा र गोर्खाली जनताको पनि सम्मान भएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।